पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल

अछाम- नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताएका छन् । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले सो कुरा बताएका हुन् ।

नेता रावलको नाम अछाम क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि एमालेबाट एकल नाम सिफारिस गरिएको छ । चुनाव लड्ने–नलड्ने पार्टीले दिने टिकटको आधारमा तय हुने उनको भनाइ छ । उनले भने, ‘मैले चुनाव लड्ने मेरो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरेमा पछि हट्ने कुरै छैन ।’ प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा रावल गृह जिल्ला अछाम पुग्नुभएका छ ।

Navadurga sun

रावलले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि आफ्नो निरन्तर खबरदारी रहिररहने बताए । वर्तमान सरकारले देशका पश्चिम सेती, माथिल्लो कर्णाली आयोजना विदेशीलाई नियमविपरित दिएकोमा उनले आपत्ति जनाएका थिए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका वडामा रहेका व्यक्तिलाई गरिएको जरिवाना चर्को भएको उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...