भारतमा पर्खाल भत्किंदा चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशको नोएडामा एक सोसाइटीको पर्खाल भत्किंदा चार जनाको मृत्यु भएको छ। उक्त घटना नोएडा सेक्टर २१ को जलवायु विहार सोसाइटीमा भएको हो।

सोसाइटीको चारैतिर पर्खालसँग जोडिएको नाला मर्मतको काम चलिरहेको थियो। यसै क्रममा पर्खाल भत्किँदा काम गर्ने मजदुरहरु पुरिएका हुन्। पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको गौतम बुद्ध नगर जिल्ला मजिस्ट्रेट सुहास एलवाईले बताए।

Navadurga sun

जिल्ला मजिस्ट्रेटले भने, ुनोएडा प्राधिकरणले सेक्टर २१ मा जलवायु विहार नजिकै ड्रेनेज मर्मतको लागि ठेक्का दिएको थियो। कामका क्रममा मजदुरले इँटा निकाल्दै गर्दा पर्खाल भत्किएको बताइएको छ। यसको जाँच हुनेछ। जिल्ला अस्पतालमा २ जनाको र कैलाश अस्पतालमा २ जनाको मृत्यु भएको हो।ु

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ। अझै केही व्यक्ति पुरिएको हुन सक्ने आशंका छ। राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका छन्। बीबीसी

ADD Khali jpg
ADD Khali jpg
Loading...