महाकाली नदीमा पक्की पुलको शिलान्यास

दार्चुला- दार्चुलामा आज सोमबार महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन्।

पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल(भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए। भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए।

Navadurga sun

‘व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो’, उनले भने, ‘अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन।’

उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए। उनका अनुसार पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने छ। दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन्।भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...