सुदूरपश्चिममा थप ७७४ जनामा कोरोना पुस्टि, १४९ जना निको भए, १६ जनाको मृत्यु

धनगढी, १ जेठ- शनिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ११९९ नमूना पीसीआर तथा ३०० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १४९९ नमूना परीक्षण गर्दा ७७४ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । एक हजार १ सय ९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७१७ जना संक्रमित भेटिएका छन् भने, ३०० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५७६ जनाको नमूना परिक्षण गर्दा थप ८७५ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ५५५ जना, महाकाली अस्पतालमा १०३ नमूना परीक्षण गर्दा ७२ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ४० जना र जिल्ला अस्पताल बझाङमा १४६ जनाको नमूना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९४ हजार ७३७ नमूना परीक्षण गर्दा २९ हजार २०८ जनामा संक्रमण पुस्टि भएको छ ।सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४९ जना संक्रमित निको भएका छन् भने १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कैलालीका ९ जना, कञ्चनपुरका ४ जना, बैतडी, बझाङ र डोटीमा १/१ जना गरी कूल १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Loading...