अछाम पहिरो प्रकोप :मृतक १७ जनाको पहिचान खुल्यो

धनगढी- अछाममा शुक्रबार रातिको भीषण पहिरोमा ज्यान गुमाएका १७ जनाको पहिचान गरिएको छ । पहिरोमा मृत्यु हुनेमा कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षका सिरु कामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, अछामका अनुसारा कमलबजार नगरपालिका–८ का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा दमाई, तीन वर्षका कलु दमाई र चार वर्षीया कल्पना दमाईको मृत्यु भएको छ ।

पहिरोबाट ज्यान गुमाउनेमा ढकारी गाउँपालिका– ६ का दुई वर्षका नवीन बुढा, वडा ५ का १६ वर्षीया जानकी शाही, २१ वर्षीया भावना शाही, ४५ वर्षीय नेत्र बहादुर शाही र ३६ वर्षीया मनिशा शाही रहेका छन् । पहिरोमा गम्भीर घाइते ६२ वर्षका हर्क बुढा, २१ वर्षीया चन्द्रा देवि बुढा र १३ वर्षका धर्म बुढालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि सुर्खेत प्रादेशिक अस्पतालमा पुर्याइएको छ ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक नारायण डांगीका अनुसार घाइतेहरु कमलबजार नगरपालिका–६ का ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय इन्द्रसिंह कामी, ३८ वर्षीया डिक्रा कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षका सुशील कामी र दुई वर्षीया सफलता कामीको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा अझै ६ जना वेपत्ता अवस्थामा छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक डांगीले बताए ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले पहिरोमा ज्यान गुमाएका, वेपत्ता तथा घाइतेको उद्दार र उपचारका लागि सरकारले गम्भीरताका साथ पहल गरिरहेको बताएका छन् । काठमाडौं रहेका मन्त्री रावलले अछामको बाढी तथा पहिरोमा भएको जनधनको क्षतीबारे आफूले लगातार सम्पर्क गरी सूचना लिनुका साथै उद्दार कार्यबारे जानकारी लिइरहेको बताए । उनले भने– म पनि फर्किने तयारीमा छु । सरकारले मृतकका परिवार तथा घाइतेहरुलाई यथोचित राहत र उपचारको व्यवस्था मिलाउने छ । अहिले हाम्रो ध्यान वेपत्ताहरुको खोजी र घाइतेहरुको उपचारमा केन्द्रीत रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...