महाकालीमा जलस्तर बढ्यो, शारदा ब्यारेजमा आवागमन बन्द

कञ्चनपुर- अविरल वर्षापछि कञ्चनपुरको महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।

नदीमा पानीको सतह बढेकाले शारदा ब्यारेजमा आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए। उनका अनुसार महाकालीमा पानीको बहाव एक लाख ६४ हजार क्युसेक पुगेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...