घट्यो सुनको मूल्य

काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज ९शुक्रबार० पहेँलो धातु ९सुन०को मूल्य घटेको छ। शुक्रबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।

Navadurga sun

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...