दार्चुलामा चट्याङ लागेर २९६ वटा भेडा मरे

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिका ४ जमुलेखमा चट्याङ लागी २९६ वटा भेडाको मृत्यु भएको छ। अविरल वर्षासँगै परेको चट्याङबाट चराउन लगिएको २९६ भेडा मरेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गएको २४ घण्टामा ६ स्थानमा आगलागी, १ स्थानमा चट्याङ, १ स्थानमा जनावर आक्रमण र १ स्थानमा पहिरोका घटना भएका छन्। सबैभन्दा बढी वर्षा ९५७।० मि।मि।० दार्चुला जिल्लाको दार्चुला केन्द्रमा भएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...