दार्चुलाका बाढीपहिरो प्रभावितलाई वाईसीएलले आर्थिक सहयोग गर्ने

दार्चुला- नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपालले दार्चुलाका बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ।संगठनले दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको हो।

अध्यक्ष सुबोधराज सेर्पालीले बाढीपहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशीघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन्। लगातारको वर्षापछि हिजो गएको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता भएका छन् ।

Navadurga sun

घर, चौपाया, भौतिक क्षति, सरकारी विद्यालय, झलुङ्गे पुल, लगायत विभिन्न संरचना पहिरोमा परी क्षति भएको छ। दार्चुला जिल्लामा भएको क्षतिमा वाईसीएलले केन्द्रीय पदाधिकारीबाट आर्थिक सङ्कलन गरी सहयोगका लागि अपिल गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...