अक्सिजन खरिद गर्न अस्पताललाई सहयोग





अत्तरिया, ३० बैशाख- सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न धनगढीका व्यवसायी हमाल दाजुभाइले अस्पताललाई तीन लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पतालमा अक्सिजनको हाहाकार भएपछि व्यवसायी गोपाल हमाल र देवेन्द्र हमालले सयोग गरेका हुन् ।


तीन लाख रुपैयाँको चेक दाजुभाइले विहीबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । धनगढीको दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक रहेका गोपी हमालले भने, ‘अब सरकारको भर नपरौं, आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं, जसले जहाँबाट जे सक्छ, त्यहाँबाटै सहयोग गर्ने हो, भन्ने सोचले आफैबाट सुरुवात गरेका हौं ।’ मानवीय सेवामा सबै जुट्नु पर्ने समेत हमालको आग्रह गरेका छन् ।



