सेती प्रयोगशालामा आज ७७६ नमूना परीक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, ३० बैशाख- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Dadeldhura hospital

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढीका ११८ जना यस्तै धनगढीबाहेक कैलालीका १०१ जना र अन्य जिल्लाका ५१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

हाल अस्पतालमा ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, ४५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन् भने थप २७ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २५ पुरुष र १० महिला गरी ३५ जना उपचाररत छन् ।

Loading...