अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयमा निःशुल्क फिजियोथेरापी शिविरको आयोजना गरिएको छ । विश्व फिजियोथेरापी दिवशको अवसर पारेर सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघले शिविरको आयोजना गरेको हो ।


एक कार्यक्रमका बिच बिहिबार शिविरको उद्घाटन गरिएको थियो । संघका अध्यक्ष डाक्टर युवराज पाण्डेयको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य डबल बहादुर साउँद रहेका थिए ।



कार्यक्रममा बोल्दै साउँदले शारिरीक रुपमा समस्यामा रहेका बालबालीकाहरुलाई फिजियोथेरापी गरेर केही सुधार गर्न सकिने बताउदै उनले संघले सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयका अपांगता भएका बालबालीकाहरुको शारिरीक सुधारका लागी गरेको सहयोग अविस्मरणिय रहेको भन्दै यसका लागि संघलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।


विशेष गरी अपांगता भएका बालबालीकाहरुलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको संघका सल्लाहकार एवम् मोटिभेशनल स्पिकर डा. सुरेन्द्र ऐरले बताए । उनले दिवशको अवसरमा एक दिने शिविर आयोजना गरिएको भएपनि आगामी दिनहरुमा एक महिना वा तिन महिनाको अन्तराल पछि अपांगता भएका बालबालीकाहरुका लागी आउने बारेमा कुरा चलिरहेको बताए । शिविरमा बालबालीकाहरुको समस्याहरुको बारेमा पनि जानकारी दिईएको बताउदै उनले उक्त समस्याहरु सम्बन्धीत निकायमा पुर्याईने बताए । उनले इन्डिएका अरुनिमा सिन्हाको उदाहरण दिदै जसले कोसिस गर्छ उसको जित अवश्य हुन्छ । आपैmले आफुलाई कमजोर नठान्नु म अब देखि गरेर देखाउँछु भन्ने सोच लिएर अगि हिड्नु पर्ने बताए ।
सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघका उपाध्यक्ष डा.अशोकमणी रिमालले फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरेको बताउँदै यस बर्ष भने फिजियोथेरापी दिवसको अवसरमा समावेशीमा मनाएको बताए । यस समावेशी आधारभुत विद्यालयमा फिजियोथेरापीको धेरै आवश्यकता रहेको आफुले महशुस गरेको बताए । उनले फिजियोथेरापीका बारेमा बोल्दै बालबालिकाहरुलाई आफ्नो खुट्टामा उभिने बनाउन सक्नु नै फिजियोथेरापी भएको बताए । आफुहरुले यहाँ रहेका बालबालिकाहरुलाई के समस्या देखि रहेको छ र के गर्न सक्छौ भन्ने बिषयमा अध्ययन गर्ने बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले यस विद्यालय २०६७ सालमा १० जना विद्यार्थीहरुबाट शुभारम्भ गरेको विद्यालयमा अहिले आएर ७२ जना विद्यार्थीहरु रहेका छन् । जसमा ३८ छात्र ३४ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् । बाहिर अन्य जिल्लाबाट विद्यालयमा भर्नाका लागि कुराहरु आएका थिए हामिसँग विभिन्न चुनौतीहरु भएकाले संख्या बढाएर मात्र नहुने उनले बताए ।
अपाङ्गता भएका व्यक्तिहरुपनि अरु सरह सक्षम छन् तर उहाँहरुको अंग भंग भएपनि बौनिक रुपमा उहाँ क्षमतावान छन् त्यसैले गर्दा पहुच युक्त वातावरण भए पढ्न सक्छन् भन्ने बताए । समग्रमा दुर्गालक्ष्मीमा माविमा गएर बढ्नको लागि अपाङ्ग मत्री नभएकोले अप्ठेरो भएको बताए । यस विद्यालयबाट ६ बाट पास भएका विद्यार्थीहरुलाई ७ कक्षामा पढ्ने व्यवस्था दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा भर्ना गराएर यस विद्यालयमा बढ्ने व्यवस्था मिलाइएको समेत बताए । यस विद्यालयबाट कक्षा ६ बाट पास भएका विद्यार्थीहरुलाई ७ कक्षामा पठाउनको लागि अनुमति नपाउँदा समस्या आएको उनले बताए ।
कार्यक्रममा विशिष्ठ अतिथी गोदावरी नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव विर बहादुर कुँवर, सुप समावेशी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँद, अतिथीहरुमा गोदावरी नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी उषा भट्ट बलम्पाकी, सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघका उपाध्यक्ष डा.अशोकमणी रिमाल, सुदूरपश्चिम प्रेदश फिजियोथेरापी संघका बरिष्ठ सल्लाहकार डा.अनिल तिवारी, सुदूरपश्चिम प्रेदश फिजियोथेरापी संघका सल्लाहकार डा.सुरेन्द्र ऐर, विद्यालय व्यवस्थापनकी अध्यक्ष गौरी भण्डारी, विद्यालयका प्रधानाध्यपक देवी साउँद लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव डाक्टर सुरेन्द्र भट्टले गरेका थिए ।