काँग्रेसबाट प्रतिनिधि र प्रदेशसभा चुनावका लागि पति पत्नी र दाजु भाइको सिफारिश

कञ्चनपुर- सत्तारुढ काँग्रेसबाट आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकै घर परिवारका सदस्य उम्मेदवार सिफारिश गरिएका छन्। काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा गरेको सिफारिशमा लोग्ने स्वास्नी, दाजु भाइ र काका भतिजा उम्मेदवार सिफारिशमा परेका छन्।

काँग्रेस कञ्चनपुरका पूर्वसभापति अन्तराम भट्ट र उनकी धर्मपत्नी तारादेवी भट्ट उम्मेदवार सिफारिश भएका छन्। उनीहरु दुवैजना कञ्चनपुर क्षेत्र ३ बाट समानुपातिकमा सिफारिश भएका छन्। पूर्वसभापति भट्ट प्रत्यक्ष र उनकी पत्नी महिलातर्फ समानुपातिकमा सिफारिश भएका छन्। तारादेवी भट्ट राष्ट्रियसभाका निवर्तमान सदस्य हुन्।

Navadurga sun

कञ्चनपुर क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिश नारायणप्रकाश साउद र उनका दाजु उदयप्रकाश साउद पनि उम्मेदवारका लागि सिफारिश भएका छन्। महेन्द्रनगर माविका पूर्वप्रधानाध्यापक साउदका दाजु उदयप्रकाश समानुपातिकमा सिफारिश भएका छन्। उनी निर्वाचन क्षेत्र ३ क बाट समानुपातिकमा सिफारिश भएका छन्।

काँग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री साउद २०५१ देखि कञ्चनपुरमा चुनाव लड्दै आएका छन्। उनले हालसम्म लडेका पाँचमध्ये दुई पटक चुनाव जितेका छन्‚ तीनमा पराजित भएका छन्। साउद यस पटक पनि निर्वाचन क्षेत्र २ बाट चुनाव लड्न उम्मेदवारका लागि सिफारिश भएका छन्।

काँग्रेसका महाधिवेशन प्रतिनिधि बेदप्रकाश चौधरी निर्वाचन क्षेत्र २ बाट समानुपातिकमा सिफारिश भएका छन्। उनीसँगै सोही क्षेत्रबाट उनका काका रोशनलाल चौधरी पनि सिफारिश भएका छन्। सरकारी जागिरबाट अवकाश पाएपछि रोशनलाल काँग्रेस राजनीतिमा लागेका हुन्।

निर्वाचन क्षेत्र ३ क बाट रामसोगर ठाकुर र उनकी धर्मपत्नी सीता ठाकुर समानुपातिकमा उम्मेदवारका आकाँक्षी थिए। जिल्ला समितिले ठाकुर पत्नीको नाम काटेर सामसोगरलाई मात्रै प्रदेश समितिमा सिफारिश गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...