बीना मगरको क्षेत्रमा कांग्रेसबाट दिवान विष्ट सर्वसम्मत

कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य दिवानसिह बिष्ट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका हुन्। मा‌ओवावदी नेतृ बीना मगरको क्षेत्रसमेत रहेको यहाँबाट दुवै प्रदेश क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि विष्टको एकल नाम सिफारिस गरेका हुन।

प्रदेश समितिबाट सर्वसम्मत रुपमा विष्टको नाम सिफारिस भएर आएको निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्यायले जानकारी दिए। ‘प्रतिनिधि सभाका लागि उहाँ (दिवान) को एकल नाम सिफारिस भएर आएको छ,’ उनले भने, ‘यसबारे थप निर्णय गर्न अहिले केहीबेमा क्षेत्रीय कार्य समितिको बैठक बस्दैछ।’

Navadurga sun

यो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगरले चुनाव लड्दै आएको क्षेत्र हो। २०७४ मा उनैले जितेकी थिइन्। २०७० मा दिवाले बीनालाई हराएका थिए भने ७४ मा बीनाले दिवानलाई हराएका थिए। तर यो पटक सत्तारुढ गठबन्धनको भागबण्डामा यो क्षेत्र माओवादीलाई छोड्नु पर्ने अवस्था छ। यद्यपि सत्तारुढ दलहरुले सबै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरिरहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...