सुदूरपश्चिममा विभिन्न पार्टी परित्याग गरि हजारौ नेता कार्यक्रता एमाले प्रवेश !

धनगढी- पूर्व मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारका पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमाले प्रवेश गरेका हुन्। यो सँगै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी स्वाहा भएको छ ।

Navadurga sun

कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

यस्तै माओवादी केन्द्रबाट पनि शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गरेका हुन्। यो सँगै अन्य विभिन्न पार्टी हजारौ कार्यक्रताहरु एमाले प्रवेश गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...