पुष्करनाथलाई फकाउँदै कांग्रेस नेताहरू, कैलाली ५ बाट चुनाव लड्ने ओझाको अडान

धनगढी- पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले नेपाली कांग्रेसबाटै प्रतिनिधि सभा चुनाव लड्ने इच्छा देखाएका छन् । तर क्षेत्र नम्बर ५ नछाड्ने उनको अडान छ । २०७४ को चुनावमा पनि ओझा दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि ओझाले सहयोग गरेनन् । एमालेका नारदुमनी रानासँग पराजित भएपछि कांग्रेसले आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई पार्टीबाट निस्कासन गर्‍यो ।

कांग्रेसले कारबाही गरे पनि कैलालीको राजनीतिमा उनको व्यक्तिगत प्रभाव अझै कायमै छ । स्थानीय चुनाव २०७९ मा पनि कांग्रेसले ओझाको समर्थन खोजेको थियो । तर, स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सघाएका उनले धनगढी आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेट्न मानेनन् ।

Navadurga sun

सत्तारुढ गठबन्धनको समर्थनका बाबजुद कांग्रेस उम्मेदवार नृप वड पराजित भए, स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए । ४ मंसिरको चुनावमा पनि ओझाको समर्थन नहुने हो भने कांग्रेसलाई कैलाली ५ मा सहज देखिंदैन । त्यसैले कैलालीका कांग्रेस सभापति नारायणदत्त भट्ट र धनगढीका पूर्वमेयर नृप वडलगायतका नेताहरूलाई भेट्न बुधबार बिहान ओझाको निवासमै पुगेका थिए ।भेटमा ओझाले कैलाली-५ मा कांग्रेसबाट चुनाव लड्न चाहेको बताएका छन् ।

‘अहिले मेरो ध्यान चुनावमा केन्द्रित छ । नेपाली कांग्रेस पार्टी मेरो घर हो, म आफ्नो घरबाटै अगामी चुनाव लड्न चाहन्छु’ ओझाको भनाइ उदृत गर्दै कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने, ‘कैलाली क्षेत्र नम्बर ५ पनि मेरो घर भएकाले यहीबाट चुनाव लड्छु ।’

आरजुको दाबीतर्फ संकेत गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी एउटै चुनाव लड्ने प्रचलन नरहेको प्रतिक्रिया दिएका छन् । तर आरजुबारे कुनै टिप्पणी गरेनन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बोलाए जुनसुकै बेला पनि भेट्न तयार रहेको बताएको कांग्रेस सचिव सुनारले जानकारी दिए ।

ओझालाई भेट्न सभापति भट्टसहित केन्द्रीय सदस्य तथा धनगढीका पूर्वमेयर वड, प्रदेशको सामाजिक विकासराज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारलगायतका नेताहरू उनको घरमै पुगेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...