राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश आयोजक कमिटिको पहिलो बैठक चुनाव लक्षित

कञ्चनपुर– राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश आयोजक कमिटिको पहिलो बैठक चुनाव लक्षित विशेष रणनीति बनाएर सकिएको छ । आयोजक कमिटिका संयोजक विनय शाहको अध्यक्षतामा कञ्चनपुरमा पहिलो बैठक सम्पन्न भएको राष्ट्रिय युवा संघले जनाएको छ ।

Dadeldhura hospital

एमालेका केन्द्रीयय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यमा बसेको बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेललाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

Godawari sandesh
Navadurga sun

बैठकमा राष्ट्रिय युवा संघका प्रदेशका इन्चार्ज, सह-इन्चार्ज तथा सुदूरपश्चिमका ९ वटै जिल्लाका अध्यक्ष, इन्चार्ज, सह-इन्चार्जको उपस्थिती रहेको थियो । राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश आयोजक कमिटिका संयोजक शाहका अनुसार पहिलो बैठकले अगामी मंसिर ४ का लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित विशेष र गोप्य रणनीति तयार गरेको छ ।

बैठकबाट बनाइएको रणनीतिलाई संगठनको आन्तरिक सर्कुलर गरिएपनि सार्वजनिक गरिएको छैन । विशेषगरी अगामी निर्वाचनमा पार्टीलाई कसरी बढि भन्दा बढि ठाउँमा जिताउने भन्ने सवालमा केन्द्रीत भएर विशेष खालको रणनीति बनाइएको बताइएको छ ।

Loading...