कञ्चनपुर आउँदै ओली, नेता कार्यकर्ता एमालेमा फर्कने तयारीमा

कञ्चनपुर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन् । नेकपा एकीकृत समाजवादी छाडेर फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी यही भदैं १५ गते कञ्चनपुर आउन लागेका हुन् ।

ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय गरिएको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्द लगायतका नेता कार्यकर्ता एमाले फर्कने तयारी गरेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...