दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई भत्ता दिने

दार्चुला- दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । व्यास गाउँपालिकाको कार्यपालिका बैठकले स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै सो भत्ता दिने निणर्य गरेको हो ।

४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को कुनै विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निःसन्तान दम्पती दुवै जनालाई संघीय सरकारको भत्ता लागू नहुँदासम्म मासिक रूपमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताए ।

Navadurga sun

हाल मासिक रूपमा ५ सय रुपैयाँ वितरण गरिने छ । यसलाई व्यास गाउँपालिकाले प्रत्येक वर्ष समय सुहाउँदो थप गरी एकल पुरुष र निःसन्तान दम्पतीलाई निरन्तर रूपमा भत्ता दिने बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...