कञ्चनपुरमा डेंगु र मलेरिया

कञ्चनपुर- कञ्चनपुरमा डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन् । स्वास्थ्य संस्थाहरूमा केही दिनयता डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ । दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

साउनयता ६ जनामा मलेरिया देखिएको छ । यतिबेला महाकाली प्रादेशिक अस्पतालसंँगै विभिन्न स्वास्थ्य चौकीमा भाइरल र रुघा खोकीका बिरामी बढेका छन् । उनीहरूमध्ये नै डेंगु र मलेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताए ।

Navadurga sun
Godawari sandesh

महाकाली प्रादेशिक अस्पतालमा पनि मलेरिया र डेंगुका बिरामी देखिन थालेको बताइएको छ । गत सातासम्म ९ जनामा डंगु देखिएको अस्पतालले जनाएको छ । कञ्चनपुरमा गतवर्ष १५ जनामा डेंगु देखिएको थियो ।

Couple
Loading...