


धनगढी- कैलालीका पत्रकार बिराज रोस्यारा दुर्घटनामा परि घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ३८ वर्षीय पत्रकार रोस्यारा बुधवार साँझ घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।



धनगढी वडा नम्बर ३ चटकपुरस्थीत मोहनापुल–अत्तरिया ६ लेन सडकको सहिद गेट नजिक उनी सवार से २ प १९८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको हो।


सडकमा हिडीरहेका एक जना पैदल यात्रीलाई बचाउन खोज्दा उनी दुर्घटनामा परेका थिए। पत्रकार रोस्याराको टाउको, हात र घुँडामा चोट लागेको छ ।
यस्तै मोटरसाइकलले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय मीनबहादुर रसाइली घाइते भएका छन्। घाइते रसाइलीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।





