
दार्चुला- दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर-६ उलानीमा दुर्घटना भएको हो ।


से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेका छन् । दुर्घटनामा परेर ९ जना घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिएका छन् । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।





