बेलौरीबाट लागुऔषध सहित दुई भारतीय पक्राउ


कञ्चनपुर, २५ बैशाख- कञ्चनपुरमा लागुऔषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले शनिवार लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् ।


दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको छ ।



