


रुकुम पश्चिम– रुकुम पश्चिममा स्काईभेटर ९डोजर० दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बेलुका मुसीकोट नगरपालिका –२, राउखेतमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आएका ६० बर्षिय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार पातुखोला–राउखेत सडकखण्ड मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

