


धनगढी- सुदूरपश्चिम प्रदेशमा भदौ १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।


प्रदेश सरकारले बैशाख १ गते प्रकाशित गरेको राजपत्रमा सुदूरपश्चिम प्रदेश भरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भदौ १ गते विदा हुने उल्लेख छ ।



