


बाजुरा- बाजुराको बुढिगंगा नगरपालिकामा करेन्ट लागेर घाईते भएका भक्त रावलको मृत्यु भएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ८ का भक्त रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत कर्मचारी हुन् । उनको अबस्था गम्भिर रहेको थियो । प्रहरीका अनुसार उपचारका लागि बयालपाटा अस्पताल लगिएको थियो ।


बयलपाटा अस्पतालले रिफर गरेको थियो । नेपालगञ्ज लिदै गर्दा बयलपाटा अस्पताल बाट १२ किलोमिटर टाढा मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरणको लाईन चेक गर्ने क्रममा उनि पोलमा चढेको बेला करेन्ट लागेको थियो ।



