भगवती माबिमा संचालित भलिबल प्रतियोगिता सम्पन्न, उपाधी मेलकट्टेश्वर माबिले हात पार्‍यो

अत्तरिया, ५ चैत- कैलालीको चुरे गाउँपालिका वडा नं ६ कोट ढुंगानीमा भलिबल प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ। होलिको विशेष अवसर पारी भगवती माध्यमिक विद्यालयको आयोजनामा यही चैत ४ गतेदेखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

भलिबल प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिराम सारुमगरको सभापतित्वमा सुरु भएको समापन प्रतियोगिताको प्रमुख अतिथी मेलकटेश्वर माबिका प्रधानाध्यापक बम बहादुर खत्री रहेका थिए भने विशिष्ठ अतिथी मोहन बहादुर ठाडा रहेका थिए ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी अतिथीहरुमा भु.पु.विद्यालय व्यवस्थापन सदस्य भिमसेन सारु, इ.प्र.का.फल्टुडेका भूमिनन्द बिष्ट, विद्यालय व्यवस्थापन सदस्य जय बहादुर थापा, विद्यालय व्यवस्थापन सदस्य सुरेन्द्र राम वि.क., शिक्षक अभिभावक संघका नन्दलाल थापा, शिक्षक अभिभावक संघका विरभान लुहार, हर्क नेपाली, बोध बहादुर शाही, रमेश बहादुर थापा, भरत भण्डारी, विरेन्द्र धामी, पदम बहादुर कार्की, नारायण दत्त सापकोटा, टेक बहादुर छेडाल गणेश बहादुर शारु, राम बहादुर सारु, तील बहादुर सारु, चुरे युवा क्लवका सचिव गणेश नाथ योगी, लोकवेशी कृषि सहकारी अध्यक्ष खडक रोकाया, मलकट्टेश्वर मावि वयालाका शि.अ.स.स.प्रकाश सुनार, चुरे युवा क्लवका स.सचिव धन बहादुर बिष्ट, अतिथी अम्पायर दिपेन्द्र मलासी र हर्क बहादुर साउँद, विभिन्न वन समुदायका अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, खेलप्रेमी, शिक्षा प्रेमी लगायतको सहभागिता रहेको थियो।

Dadeldhura hospital

प्रतियोगिताको उपाधि चुरे ६ बयलामा रहेको मेलकट्टेश्वर मा बि ले हात पारेको छ । अन्तिम फाइनल खेलमा श्री सिद्ध प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह चुरे ६ गजारलाई हराउदै श्री मेलकट्टेश्वर मा बि ले उपाधि हात पारेको हो । उपाधिसंगै मेलकट्टेश्वर माबिको टिमले नगद १५ हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा दोस्रो भएको श्री सिद्ध प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह चुरे ६ गजारले नगद १० हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो आयोजक भगवती मा वि ‘ए’ भएको छ । तेस्रो भएसँगै ५ हजार प्राप्त गरेको छ ।

प्रतियोगिता भरको उत्कृष्ट खेलाडीमा श्री मेलकट्टेश्वर मा बि वयलाका भोज बहादुर मलासी भएका छन् । त्यस्तै प्रतियोगितामा वेस्ट स्पाइगर गजारका लोकेन्द्र बहादुर बोहरा भए भने अनुशासनमा श्री मेलकट्टेश्वर मा बि वयलाका कमल बोहरा हुन सफल भएका छन् । उनीहरुले ट्रफि सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

कैलालीको चुरे गाउँपालिका वडा नं. ६ भगवती माध्यमिक विद्यालयको खेल मैदानमा भएको उक्त प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको खेल व्यवस्थापक गणेशनाथ योगीले जानकारी दिए ।

स्वागत मन्तव्य भवानी नाथ योगीबाट भएको समापन कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक भक्त बहादुर ऐरले गरेका थिए ।

Loading...