अन्तर मावि भलिबल प्रतियोगिता सम्पन्न, उपाधी सुदूरपश्चिम माविले हात पार्‍यो

प्रकाशबहादुर बोहरा
अत्तरिया, १० पुस- कैलालीको अत्तरियामा अन्तर मावि स्तरीय भलिबल प्रतियोगिता २०७८ शनिबार सम्पन्न भएको छ । उद्धार मिडिया ग्रुप प्रा.लि.को आयोजनामा भएको भलिबल प्रतियोगिताको फाईनल खेल शनिबार सम्पन्न भएको हो । कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त सम्पन्न भलिबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम माविले जितेको छ । उपाधी संगै सुदूरपश्चिम माविले नगद १२ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको जनता मावी चुरेले नगद रु. ८ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै तेस्रो स्थानका लागि भिडेका दुर्गालक्ष्मी माबि र गुहेश्वरी मा.वि. बिच भएको खेलमा दुर्गालक्ष्मी मावि बिजेता हुन सफल भएको छ । दुर्गालक्ष्मीले तेस्रो स्थान हासिल गर्दै नगद रु. ४ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

त्यस्तै खेलबाट बेस्ट पिलियरका रुपमा सुदूरपश्चिम माविका मिलन धामी छनौटमा परेका छन् । उनलाई मेडल र ट्रफिले सम्मान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै उद्धार मिडिया ग्रुपका सूदूरपश्चिम ब्यूरो प्रमुख तथा खेल संयोजक नरेश नाथ योगीको सभापतित्व संचालन भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद रहनु भएको थियो भने बिशिष्ट अतिथीहरुमा गोदावरी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष कृष्ण राज जोशी, सुदूरपश्चिम माविका प्रधानाध्यापक नगेन्द्र नाथ योगी, उत्तर टोल विकास समितिका अध्यक्ष तिलक धामी रहनु भएको थियो ।

त्यस्तै समापन सत्रमा प्रमुख अतिथी रहनु भएका साउँदले सम्पूणर् युवाहरुलाई लागु औषध तिर आफ्नो जिवन नकारात्मक दिशा तिर लिइएको अवस्थामा मिडियाले समाचार मात्र नभई खेलकूद क्षेत्रमा पनि आफ्नो पहिचान बनाएको बताए । सानो सानो क्षेत्रबाट नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुग्ने भएकाले यो खेलकूद अत्यन्तै अनुकुल रहेको समेत बताए । भलिबल प्रतियोगिताको समापन कार्यक्रमको संचालन खेलकुदका प्रमुख व्यवस्थापक गणेश नाथ योगीले गरेका थिए ।

Loading...