

काठमाडौँ- नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो।



यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनका भाउ पनि ९५ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।


आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ।