सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु


धनगढी, २२ बैशाख- कोरोना भाइरस संक्रमणबाट सुदूरपश्चिममा थप ४ जनाको मृत्यु भएको छ । कोरोना सक्रमणबाट कैलालीका ३ र कन्चनपुरका १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।



धनगढी उपमहानगरपालिका वडा नं. २ का ७२ वर्षीय पुरुष र वडा नं. ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । दम सम्बन्धि समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो ।


त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।



