

अत्तरिया, २० साउन– कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना नदिमा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । पुलको शिलान्यास कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गरेका हुन ।



कृष्णपुर ९ राजघाट रिभर साइड फुटबल खेलमैदानदेखि उत्तर तर्कमा पुल निर्माणको कार्य सुरु भइरहेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी जोड्ने ६९.४० मिटर लम्बाई, १२० (२.एमसी ) सिएम चौडाइ झोलुङ्गे पुलको शुक्रबार कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले शिलान्यास गरेका हुन् ।


करिब ८४ लाख ४०हजार ८ सय १ रुपैयाँको लागतमा निर्माण हुने झोलुङ्गे पुल सम्झौता २०७९ बैशाख १ गते भएको थियोे भने पुल सम्पन्न २०८० जेठ ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।

