‘मङ्सिर ४ गतेकाे निर्वाचनबाट देशले ४० वर्षमुनिका प्रधानमन्त्री र मन्त्रीहरू पाउँछ’

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय चुनाव लड्न लागेका सागर ढकालले यतिबेला निर्वाचनको तयारी गरिरहेका छन्।सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै उनले आफू तीव्र भएर चुनावको बाँकी तयारीमा लागेको बताएका छन्।

उनले सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्, मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । आशा छ, अधिकांश युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँनेछ।’

Navadurga sun

उनले हाल सरकारमा रहेकाहरूले व्यवस्था परिवर्तन गरेकाे भएपनि अब अवस्था परिवर्तनको लागि  ४० मुनिका योग्य युवाकाे आवश्यक भएकाे बताएका छन्।

‘व्यवस्था परिवर्तनका लागि हजुरबुबा, हजुरआमा, बुबा, आमालाई धेरै-धेरै धन्यवाद। अब अवस्था परिवर्तनको लागि हामी ४० मुनिका योग्ययुवा आएका छौं। सबैको साथ र सहयोगले नै देशको अवस्था परिवर्तन गर्न सकिनेछ। साथ दिनुहोला।’ उनले लेखेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...