पेन्सन आउने बेला सिपाहीलाई जन्मकैद, परिवार भोकै

धनगढी- सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहु दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन् । ०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन् ।

कसैसँग पनि गलत व्यवहार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई षड्यन्त्र गरी गम्भीर मुद्दा बनाएर फसाउन खोजिएको परिवारजनको आशंका छ । गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको अभियोग छ । ०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसकेका छन् ।

Navadurga sun

एक वर्षदेखि दार्चुलामा थिए । पर्वत दरबन्दी भए पनि घर व्यवहार मिलाउनुपर्ने भएकाले दार्चुलामा काज मिलाएका हुन् । स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक जना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरीभित्रको बेथितिबारे प्रसंगवश कुरा कोट्याएका थिए ।सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फन्दामा परेका छन् ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ । जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । श्रीमती दुर्गाले साउन १ गते काठमाडौँ पुगेर दुई पटक भेट गर्न पाएकी छन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ । पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई संकट परेको श्रीमती दुर्गाले बताए । ‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमान्लाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...