वर्षौंदेखि लुमा र हुनीमा पानीको समस्या

बाजुरा- बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिका–२ को लुमा र हुनीका दलित बस्तीमा वर्षौंदेखि खानेपानीको समस्या भए पनि राज्यका कुनै निकायको ध्यान पुग्न सकेको छैन । जगनथा गाउँपालिका–२ को लुमा, हुनी, माथिल्लो हुनी, बसेना, तल्लो आसवाडा लगायतका टोलमा ३६० भन्दा बढी दलित परिवार बसोवास गर्दै आएका छन् । जगानाथ गाउँपालिका–२ हुनीकी बुङ्गची लुहारले बस्तीमा रहेका दुई चार धाराले ठूलो गाउँमा पानी नपुग्ने गरेको बताए।

उनका अनुसार गाउँमा माथिल्लो हुनी गवाकोटबाट खानेपानी ल्याएको छ । त्यस खानेपानी योजनाबाट दुईरचारवटा मात्र धारा निर्माण भएका छन् । बस्तीमा धेरै घरपरिवार भएकाले बस्तीलाई पानी पुग्दैन । पानी भर्नकै लागि दिनहुँ लाइन बस्नुपर्छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

राज्यले एक घर एक धारा अभियान ल्याएको सुनेकी बुङ्गची लुहारले भने, “तर हुनीका पचास घरमा दुई÷चारवटा मात्र धारा छन् । हाम्रो पीडा हुँदा पनि कसैको मनमा दया लागेन ।” उनका अनुसार गाउँमा पानी अपुग भएपछि दलित घर परिवारले झण्डै तीन किलोमिटर टाढा ग्वाकोट खोलाबाट पानी ओसार्ने गरेका छन् । जगानाथ गाउँपालिका–३ चौकीकाडाका दलितले समेत वर्षौंदेखि खोलाकै खानेपानी पिउन बाध्य छन् ।

जगानाथ गाउँपालिका–३ का असौजी ओडले भने, “खानेपानी समस्याबारे गाउँपालिकासहित धेरै ठाउँमा अनुरोध ग¥यौँ तर सुनुवाइ भएन ।” जगानाथ गाउँपालिका–३ का असौजी ओड लुहारले खोलाको पानी पिउन बाध्य भएको बताए ।

जगानाथ गाउँपालिका–२ का अध्यक्ष धनवीर सार्कीले खानेपानी समस्याबारे सबै जानकार भए पनि सहयोग कतैबाट नभएको बताए । उनका अनुसार लुमामा ९४, हुनीमा ११७, बसेनामा ५०, तल्लो आसवाडामा ११६ दलित तथा गैरदलित परिवार छन् ।

Loading...