सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ६९९ संक्रमित, २७ जना कोरोना मुक्त, ८ जनाको मृत्यु

Dadeldhura hospital

धनगढी, २१ बैशाख- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप नयाँ कोरोना संक्रमित ६९९ पुगेका छन् । त्यसैगरी थप २७ जना कोरोना मुक्त भएका छन् भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । त्यसैगरी प्रदेशमा आज पीसीआर र एन्टिजेन विधिबाट १ हजार ९ सय ४४ जनाको परीक्षण गर्दा ६९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एन्टिजेन विधिबाट १ हजार २ जनाको परीक्षण गर्दा २५३ जना र पीसीआर विधिबाट ९४२ जनाको परीक्षण गर्दा ४४६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २४ घण्टामा थप ८ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १३४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Loading...