बाल अधिकार बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न

अत्तरिया, १५ साउन– कञ्चनपुरमा बाल अधिकार समितिलाई बाल अधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका कञ्चनपुरमा शुक्रवार साउन १३ गतेबाट सुरु भएको ३ दिने क्षमता विकास तालिम आइतबार सम्पन्न भएको हो । वर्ल्ड भिजन इन्टरनेशनल र कृष्णपुर नगरपालिका कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।

Navadurga sun

कार्यक्रममा बाल संरक्षण सम्बन्धी राष्ट्रिय स्तरमा भएका व्यवहार बालविवाह अन्त्यका लागि बनाएका रणनीति बाल संरक्षण प्रणालीको लागि स्थानीय तहमा गर्नुपर्ने आवश्यकता पालिका वडामा गठन गरिने बाल अधिकार समितिको गठन प्रक्रिया लगायत विविध विषयका बारेमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

साथै सल्ला सुझाव, गुनासो तथा प्रतिक्रियाको लागि निःशुल्क टोल फ्रि नं. एनटीसी प्रयोगकर्ताका लागि १६६००१०००१४, एनसीएल प्रयोगकर्ताका लागि ९८०१५७१०१६ रहेको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...