कञ्चनपुर- ३ रोज्न रवि लामिछानेलाई खेम भण्डारीको सुझाव

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई कञ्चनपुरका पत्रकार खेम भण्डारीले कञ्चनपुर ३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन् । भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन् । निर्मला बलात्कार र हत्या प्रकरण पछि लामिछानेले भूमिका गलत रहेको ठहर गर्दै उनले आत्मरक्षा गर्नु पर्ने बताएका थिए ।भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्न पनि आग्रह गरेका छन् ।

‘निर्मलाको न्याय–हरणको राज्य षडयन्त्रमा तपाईँको भूमिकाबारे छातीमा हात राखेर आत्मरक्षा गर्नु होला ।अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नु भयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ । त्यस्तो अनुभूति भयो भने तत्कालीन उखुबारीमा गएर क्षमा याचना गर्नु होला’ उनले लेखेका छन्, ‘आफू अझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कन्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला ।’

Navadurga sun

केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए । कञ्चनपुर ३ भण्डारीको निर्वाचन क्षेत्र पनि हो । लामिछानेलाई आफ्नै क्षेत्रबाट निर्वाचनमा होमिन सुझाव दिएर उनी विरुद्ध आफू उत्रिने योजना भण्डारीको रहेको बताइएको छ ।

तर, लामिछानेले अहिले सम्म आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने बारे प्रस्ट पारेका छैनन् । हिजो धनगढीको कार्यक्रममा पुगेका लामिछाने आज महेन्द्रनगरको कार्यक्रममा सहभागी हुन कञ्चनपुर जान लागेका हुन्। ०७५ साउन ११ गते कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उक्ता घटना पछि लामिछाने र भण्डारी बिचको बाझाबाझ सञ्चार माध्यम सम्मै पुगेको थियो ।

उनीहरु दुबै जना पत्रकार हुँदा एकले अर्कालाई घटना पछि अनुसन्धानमा प्रभाव पारेको आरोप लगाउँदै आएका थिए । घटना भएको चार वर्ष पुरा भइसक्दा पनि निर्मला हत्या काण्डका दोषि पक्राउ परेका छैनन् । भण्डारीले उक्त विषय उठान गर्दै निर्मलाको हत्या भएकै क्षेत्रबाट लामिछानेलाई उम्मेदवार बन्न सुझाव दिएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...