दार्चुलामा छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

दार्चुला- दार्चुलाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा अज्ञात रोग देखापरेपछि पठनपाठन बन्द गरिएको छ ।

यस विद्यालयमा अध्ययनरत छात्राहरु करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठन पाठन बन्द गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

छात्राहरु एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने गरेको विद्यालयका प्रधानाध्यापक खडक सिंह लोथ्यालले जानकारी दिए ।

बिहीवार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।

एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, प्रधानाध्यापक लोथ्यालले भने- ‘छात्राहरुमा अज्ञात रोग देखापरेपछि शुक्रवार देखि विद्यालय बन्द गरिएको छ ।’

यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विद्यालयले जनाएको छ ।

Loading...