सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ- पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवा खोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले तटीय डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Navadurga sun
Godawari sandesh

आज देशभरको मौसम सामान्य बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज र भोलि ठूला नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Loading...