अत्तरियामा बस चालक र प्रहरीबीच विवाद

धनगढी– अत्तरियामा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले पार्किङ निषेध क्षेत्रमा रोकिएको बसलाई जरिमाना कटाएको भन्दै विवाद भएपछि सवारी चालकहरुले चक्काजाम गरेका हुन्।

काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिमाना तिराएपछि बस चालक र प्रहरीबीच विवाद भएको थियो। त्यसपछि प्रहरीले सवारी चालक श्यामराज जोशीलाई पक्राउ गरेको छ। उनलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा चक्काजाम गरेका हुन्।

Navadurga sun

बस चालकले सडक किनारामा रोकिएको गाडी रोकेको गल्ती स्विकार गरेर जरिमाना काटेपनि पक्राउ गरिएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्। तर, प्रहरीले भने जरिमाना काट्न खोज्दा अटेरी गरेपछि पक्राउ गरिएको बताएको छ। अहिले दुवै पक्षबीच सहमतिको लागि छलफल भइरहेको र सवारी आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...