आन्तरिक हवाई उडान बन्द भयो, टिकटको पैसा कसरी फिर्ता गर्ने ?

काठमाडौं, २१ वैशाख– आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित भएको छ ।

सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने छ ।

Navadurga sun

यसबीचमा अत्यावश्यक अवस्थामा हेलिकोप्टर तथा जहाज चार्टर्ड गरेर भने उडाउन सकिने छ । नियमित उडान बन्द भएसँगै अगि्रम टिकट काटेका यात्रुले टिकट अर्को मितिमा सार्न वा टिकटको पैसा फिर्ता गर्न सक्छन् । यति एयरलाइन्सले एक सूचना जारी गर्दै भनेको छ, ‘यात्रुले रकम फिर्ता गर्न टिकट काटेको ठाउँमै सम्पर्क गर्नु पर्नेछ ।’ यसअघि उडान भएको अन्तिम दिन त्रिभुवन विमानस्थलबाट कुल ५७०५ जना यात्रुले यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलबाट सोमबार सो दिनका लागि निर्धारित कोटाअनुसार नै उडान भएको छ ।

यस दिन बुद्धले १८, यतिले १०, तारा र श्री एयरलाइन्सले ५/५ उडान गरेका छन् । समिट र नेपाल एयरलाइन्सले ४/४ उडान गरेका छन् । सौर्यको तीन उडान भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...