दार्चुलामा यार्सागुम्बा सहित एक जना पक्राउ

दार्चुला– दार्चुलामा यार्सागुम्बा सहित एक जनालाई प्रहरीेले पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा नं ८ असिगडाबाट करिब १ केजी ६ सय ग्राम यार्सागुम्बा सहित व्यासँ गाउँपालिका ४ सुन्सेरा बस्ने ३३ वर्षीय कम्मान सिह विष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Dadeldhura hospital

विशेष सुचनाका आधारमा आज दिउसो दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बसबाट उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

प्रहरीले चेकजाँच गर्दा उनको झोलाबाट लुकाइ छिपाई राखिएको १ केजी ६ सय ग्राम यार्सागुम्बा सहित कस्तरीको नाभि समेत बरामद गरिएको उनले बताए । साथै प्रहरीले १५ ग्राम कस्तरीको नाभी बरामद गरेको छ । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाएको बताएको छ । भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Loading...