


कैलाली– महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा सवारी आवागमन बन्द गरिएको छ।



