पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु

सुर्खेत– पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने, ‘दिउँसो चार बजे उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो, हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको हो ।’

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...