कञ्चनपुरको सुन्दरनगरका स्थानीयलाई एसएसवीले खेत जोत्न दिएन

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ। दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नेपाल–भारत सीमा क्षेत्रमा रहेको स्थानीय ईन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो।

शनिबार इन्द्रबहादुर रोकाया मगरले आफ्नो खेत जोत्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानीयले बताए। भारतीय सीमा सुरक्षा बलले खेत जोत्न नपाएपछि इन्द्रबहादुर मगरले स्थानीय प्रशासनलाई गुहार लगाएका थिए। भारतीय पक्षको जबरजस्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्।

Navadurga sun

विवाद भएपछि नेपाल तर्फका सुरक्षा अधिकारी विवाद स्थलमा पुगेका छन्। विवाद साम्य गर्न आज अपरान्ह ५ बजे दुबै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिका स्थानिय स्तरमा सीमा बैठक बस्ने भएको दोधारा चाँदनी नगरपालिका-८ का वडाध्यक्ष ओम प्रकाश रोकायाले बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...