सर्प दंशबाट एक महिलाको मृत्यु





कञ्चनपुर– कञ्चनपुरको बेलडाँडीमा सर्प दंशबाट एक जना महिलाको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प दंशबाट मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।


घरमा सुतिरहेको अवस्थामा गए राति १ः३० बजेतिर सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

