सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निषेधाज्ञा लम्बियो

धनगढी,१८ बैशाख– कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म निरन्तरता दिईने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयअवधि लम्बिएको हो ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञा निरन्तरता दिने प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने जनाएको छ ।

त्यसैगरी सबै बैंक तथा वित्तीय संस्थाहरु वैैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने जनाएको छ भने खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

Loading...