कञ्चनपुरमा पर्यटक सहायता कक्ष तथा ट्राफिक पोष्ट स्थापना

धनगढी– कञ्चनपुरमा पर्यटक सहायता कक्ष तथा ट्राफिक पोष्ट स्थापना गरिएको छ । कञ्चनपुरको सीमा नाका गड्डाचौकी हुँदै आउने पर्यटक तथा यात्रीहरूलाई सेवा दिने उद्देश्यले सहायता कक्ष तथा ट्राफिक पोष्ट स्थापना गरिएको हो । उक्त सहायता कक्ष तथा ट्राफिक पोष्टको सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्घाटन गरेका हुन् ।

होटल व्यवसायी संघ कन्चनपुरको समन्वय तथा सहकार्यमा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक सहयोगमा पर्यटक सहायता कक्ष तथा ट्राफिक पोष्ट संचालनमा आएको बताइएको छ ।

Loading...