अतरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ का ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । बुधबार विभिन्न पार्टी परित्याग गरि उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । उनिहरुलाई नेपाली कांग्रेसका महासमिति सदस्य विरेन्द्र भट्टले टिका लगायत पार्टी प्रवेश गराएका छन् ।

वडा को कोलीकटान क्षेत्रबाट नेकपा एकिकृत समाजवादी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी छाडेर उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसका महासमिति सदस्य भट्टले बताए ।
उनका अनुसार नेकपा एकिकृत समाजवादीका नेता कृष्ण वि।कको नेतृत्वमा उक्त टोली कांग्रेसमा प्रवेश गरेको हो । टोलीमा राम बहादुर बि.क, मान बहादुर कोली, धन बहादुर कोली, प्रेम बहादुर पार्की, नारायण वि.क लगायतका व्यक्तिहरु रहेका छन् ।