दार्चुलाका मासु पसलहरूमा अनुगमन, २७ केजी सडेको मासु बरामद

दार्चुला– दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सञ्चालित मासु पसलहरूमा सडेको मासु बिक्री वितरण भइरहेको पाइएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुला तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट खटिएको बजार अनुगमन टोलीले सदरमुकाम क्षेत्रमा सञ्चालित मासु पसलको अनुगमन गर्ने क्रममा मंगलबार मात्रै २७ केजी खान अयोग्य मासु भेटिएको पछि मासुलाई बरामद गरिएको छ ।

अनुगमन टोलीले सदरमुकाममा रहेको दिनेश मासु पसल एण्ड फ्रेस हाउसबाट मात्रै २२ केजी कुखुराको मासु बरामद गरेको छ। अन्य पसलहरूबाट पनि मासु बरामद गरी झण्डै २७ केजी ५सय ग्राम मासु बरामद गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खडकाले जानकारी दिनु भयो ।

Navadurga sun

उनले भने, ‘नियम विपरित काम गर्ने व्यवसायी जो कोहीलाई पनि कारबाही हुन्छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको नेतृत्वमा गएको बजार अनुगमन टोलीले सडेको मासु बिक्रीको लागि राख्ने पसलहरूलाई एक हप्ताभित्र जरिवाना कार्यालयमा बुझाउन पनि आग्रह गरेको छ ।मंगलबार सदरमुकाम तथा बंगाबगड क्षेत्रका २३ वटा पसलहरूमा गरिएको अनुगमनमा ८ वटा मासु पसल ४ वटा डेरी १ वटा एग्रोभेट अनुगमन गरेको छ ।

अनुगमन टोलीले सानु मासु पसललाई ५ हजार जरिवाना तोकेको छ भने ठगुन्ना मासु पसललाई पनि ५ हजार जरिवाना तोकेको छ ।
तारामासु पसललाई पसलमा सरसफाइ गर्न निर्देशन दिएको छ । हरिस मासु पसललाई ५ हजार तथा जोशी एग्रोभेटलाई २ हजार जरिवाना गरिएको भेटनरी अस्पताल तथा पुश सेवा विज्ञकेन्द्र दार्चुलाले जनाएको छ । अनुगमनबाट ३७ हजार राजस्व संकलन गरिएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,वाणिज्य संघ लगायत सुरक्षा निकायहरूको सहभागितामा मासुपसल तथा डेरीहरुको अनुगमन गरिएको भेटेनरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...